राष्ट्रियसभा सदस्यहरुको निःशुल्क कोरोना परीक्षण गरिँदै
काठमाडौं, पुस १५ : राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षण गरिने भएको छ। हिउँदे अधिवेशन हुने भएपछि विहीबार सबै सदस्यहरुको निःशुल्क परीक्षण गर्न लागिएको...
काठमाडौं, पुस १५ : राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षण गरिने भएको छ। हिउँदे अधिवेशन हुने भएपछि विहीबार सबै सदस्यहरुको निःशुल्क परीक्षण गर्न लागिएको हो।
राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको लागि आह्वान गरिएको छ।
स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
हिउँदे अधिवेशनमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसदहरुलाई मात्र प्रवेश दिइनेछ। साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबै सदस्यहरुलाई अपील गरेका छन्।
प्रकाशित मिति: १४:४२ बजे, बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
