वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
काठमाडौं, पुस १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।बुधबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव...
काठमाडौं, पुस १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।
बुधबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको प्रदेश सांसदको बैठकले अष्टलक्ष्मी शाक्यलाई चयन गरेको हो।
उक्त समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो। मुख्यमन्त्री पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो।
प्रकाशित मिति: १४:३१ बजे, बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
