Kathmandu Press

मन्त्रिपरिषद् पुनःगठनविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, पुस १५ : संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनःगठनविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा...
मन्त्रिपरिषद् पुनःगठनविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, पुस १५ : संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनःगठनविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् पुनःगठन गरेका थिए। त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले रिट दायर गरेका थिए।

त्यसैमाथि आज सर्वोच्चमा सुनुवाइ हुन लागेको हो। यो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको छ।

रिटमा नवनियुक्त मन्त्रीहरुलाई कामकारवाही नगर्न अन्तरिम आदेश माग गरिएको छ। त्यस्तै, यो सरकार काम चलाउन भएकाले मुलुक सञ्चालनका दैनिक कामकारबाहीबाहेक दिर्घकालीन असर पर्ने निर्णय नगर्न नगराउन आदेश माग गरिएको छ।

यो रिट इजलास नं. ५ को रहेको छ। आज सुनुवाइ हुने मुद्दाको अन्तिममा परेको छ।

प्रधानमन्त्री ओलीले पुस १० गते मन्त्रिपरिषद् पुनःगठन गरेका थिए। जसमा केही मन्त्रीलाई हेरफेर गरिएको थियो भने केही नयाँ नियुक्त गरिएको थियो।

 

 

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्