Kathmandu Press

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै 

सिंगापुर, पुस १५ : सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ। बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप...
सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै 

सिंगापुर, पुस १५ : सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ। बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ।

यो खोप पहिलो चरणको हो। यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ। यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ। सोही किसीमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

उक्त एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरुलाई पहिलो चरण्मा खोप लगाइने छ। त्यसपछि यहाँका अरु स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका अरु कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ। 

त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई यो खोप दिइने जानकारी पनि यहाँको स्वास्थ्य मन्त्रालयले दिएको छ।

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्