Kathmandu Press

चारदिने भ्रमणपछि स्वदेश फर्कियो चिनियाँ उच्चस्तरीय टोली

काठमाडौं, पुस १५ : चारदिने नेपाल भ्रमण रहेको चिनियाँ उच्चस्तरीय टोली स्वदेश फर्किएको छ। आइतबार नेपाल भ्रमणको लागि चार्टर्ड विमानमार्फत काठमाडौं आएको टोली...
चारदिने भ्रमणपछि स्वदेश फर्कियो चिनियाँ उच्चस्तरीय टोली

काठमाडौं, पुस १५ : चारदिने नेपाल भ्रमण रहेको चिनियाँ उच्चस्तरीय टोली स्वदेश फर्किएको छ। आइतबार नेपाल भ्रमणको लागि चार्टर्ड विमानमार्फत काठमाडौं आएको टोली बुधबार बिहान फर्किएको हो।

भ्रमणका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग छुट्टा छुट्टै भेट गरेको थियो।

साथै प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटघाट गरेको थियो। 

नेकपामा विवाद चर्किदै गए पछि चिनियाँ उच्चस्तरीय टोली नेपाल आएको हो।

प्रकाशित मिति: १२:३५ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्