Kathmandu Press

सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री कार्की व्यांकेट जाँदै

काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न बबरमहलस्थित कार्की व्यांकेट जाने भएका छन्। सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन...
सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री कार्की व्यांकेट जाँदै

काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न बबरमहलस्थित कार्की व्यांकेट जाने भएका छन्। सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी अपरान्ह १२ बजे ब्यांकेटमा सहभागी हुने भएका हुन्।

प्रतिनिधि सभा विघटन गरेपछि ओलीले आफू पक्षीय नेता कार्यकर्तालाई बालुवाटारमै डाक्ने गरेका थिए।

नेकपाको प्रचण्ड नेपाल समूहले भने सबै बैठकहरू कार्की ब्यांकेटमै गर्दै आइरहेको छ। 

ओली समूहले पुस १८ गते राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यकर्ता भेलामा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: १२:०९ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्