Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेमा तीन वृद्धवृद्धाको मृत्यु

नेपालगन्ज, पुस १५ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ।बाँकेको कोहलपुर र नेपालगन्जमा उपचाररत तीन जनाको कोरोनाबाट मृत्यु भएको हो।...
कोरोना संक्रमणबाट बाँकेमा तीन वृद्धवृद्धाको मृत्यु

नेपालगन्ज, पुस १५ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ।

बाँकेको कोहलपुर र नेपालगन्जमा उपचाररत तीन जनाको कोरोनाबाट मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुई जना बाँकेका र एक जना बर्दियाका रहेका छन्।

भेरी अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका २ का ७३ वर्षीय बृद्धको गएराति साढे १० बजे मृत्यु भएको हो। उनी पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए।

उपचारका क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनलाई भेरी अस्पताल ल्याइएको थियो।
त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिका २० का ६६ वर्षीय बृद्धको आज बिहान मृत्यु भएको छ। उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई पुस ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या रहेको थियो।

यसैगरि, बर्दियाको ठाकुरबाबा नगरपालिका ९ निवासी ८५ वर्षीय बृद्धाको गएराति साढे १० बजे मृत्यु भएको छ। उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।

बिरामी भएपछि उनलाई पुस १२ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित मिति: ११:२४ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्