आन्दोलनका कार्यक्रम तय गर्न नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, पुस १५ : संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको...
काठमाडौं, पुस १५ : संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको छ।
आज दिउसो १२ बजे पेरिसडाँडामा सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्न लागेको हो। बैठकले सरकारविरुद्ध थप आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ।
आन्दोलनका कार्यक्रमबारे आजै जानकारी दिइने भएको छ। त्यसका लागि बैठकपछि अपराह्न ३ बजे पत्रकार सम्मेलन राखेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा आन्दोलनमा छ। त्यस्तै, कांग्रेस र राप्रपाले पनि त्यसका विरुद्ध आन्दोलन गर्दै आएका छन्।
यसअघि नेकपाले पुस १४ गते र नेपाली कांग्रेसले पुस १३ गते देशव्यापी प्रदर्शन गरेका थिए। त्यस्तै, राप्रपाले पुस १७ गते देशव्यापी प्रदर्शन गर्दै छ।
प्रकाशित मिति: १०:५३ बजे, बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
