धनगढीमा एक कोरोना संक्रमितको मृत्यु
धनगढी, पुस १५ : कोरोना भाइरसको संक्रमणबाट धनगढीमा एक जनाको मृत्यु भएको छ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ का ५० वर्षीय...
धनगढी, पुस १५ : कोरोना भाइरसको संक्रमणबाट धनगढीमा एक जनाको मृत्यु भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
केही दिनअघि कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान ६ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
प्रकाशित मिति: १०:१४ बजे, बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
