मुख्यमन्त्री प्रस्तावित शाक्यले बोलाइन संसदीय दलको बैठक
काठमाडौं, पुस १५ : बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले प्रदेश संसदीय दलको बैठक बोलाएकी छन्।मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड नेपाल नेतृत्वको नेकपाका सांसदले...
काठमाडौं, पुस १५ : बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले प्रदेश संसदीय दलको बैठक बोलाएकी छन्।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड नेपाल नेतृत्वको नेकपाका सांसदले प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराएका छन्। उनीहरुले शाक्यलाई मुख्मन्त्रीमा प्रस्ताव गरेका छन्।
त्यसकै तयारीका लागि शाक्यले काठमाडौंमा प्रदेश संसदीय दलको बैठक बोलाएकी हुन्। आज नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बस्न लागेको जनाएको छ।
सबै सांसद काठमाडौंमै भएकाले पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको शाक्यले बताइन्। उनी नेकपा बागमती प्रदेश इन्चार्ज पनि हुन्।
आजको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गर्नसक्ने जनाएको छ। त्यसपछि उनको मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ।
यसअघि नेकपा संसदीय दलका उपनेता शालिकराम जमकट्टेल र सचेतक बुद्धिमान माझीले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। दुवै जनालाई मंगलबार मुख्यमन्त्री पौडेलले पदमुक्त गरेका थिए।










-1791199439.jpg)
