म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा
काठमाडौं, पुस १५ : म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा पुगेको छ । वुल्भ्स ह्याम्टन वान्डरसनलाई १ ० गोलले हराउँदै म्यानचेस्टर...
काठमाडौं, पुस १५ : म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा पुगेको छ । वुल्भ्स ह्याम्टन वान्डरसनलाई १ ० गोलले हराउँदै म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो ।
म्यानचेस्टरका लागि खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो । अहिलेसम्म १५ खेल खेलेर दोस्रो स्थानमा पुगेको म्यानचेस्टरको ३० अंक रहेको छ ।
यस्तै पहिलो स्थानमा रहेको लिभरपुलको ३२ अंक रहेको छ । लेस्टर सिटी २९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
यस्तै गएराती अन्य खेलहरुमा आर्सनलले बाइन्टियमलाई १–० गोलले हराउँदा बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको छ । यस्तै साउथ ह्याम्टन र वेष्ट ह्यामबीचको अर्को खेल बराबरीमा सकिएको छ । लिड्स युनाइटेडले भने वेष्ट ब्रोमलाई ५-० गोलले हराएको छ ।
प्रकाशित मिति: ०८:५७ बजे, बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











