Kathmandu Press

ओलीलाई प्रचण्डको चेतावनी- अन्तिमसम्म छोड्नेवाला छैनौं, के-के गर्न सक्ने हो गरे हुन्छ

प्रचण्डले भने,‘म केपी ओलीजस्तो ढाँटछल गर्न जान्ने मान्छे होइन र हामी कोही पनि त्यस्ता छैनौं। सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं। तपाईंहरुले कति गर्न सक्ने हो तयारी गरे हुन्छ। हामी छोड्नेवाला चाहिँ छैनौं।’
ओलीलाई प्रचण्डको चेतावनी- अन्तिमसम्म छोड्नेवाला छैनौं, के-के गर्न सक्ने हो गरे हुन्छ

काठमाडौं, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्न आफूहरु तयार रहेको बताएका छन्। 

संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापनाका लागि निर्मम संघर्ष गर्नु परे पनि गर्न तयार रहेको चेतावनी दिएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंकित गर्दै अध्यक्ष प्रचण्डले आफूहरु अन्तिम समयसम्म लड्न तयार रहेकाले के–के गर्न सक्ने हो त्यसको तयारी गर्न चेतावनी दिए। ‘हामी अन्तिम समयसम्म लड्छौं। तपाईंहरुले कति तयारी गर्ने हो गरे हुन्छ,’उनले भने,‘हामी छोड्नेवाला छैनौं। तपाईहरुले के–के गर्न सक्ने हो गरे हुन्छ।’

उनले संसद विघटनको विरोधमा बुधबारदेखि अर्को चरणको कार्यक्रम घोषणा गरिने बताए। ‘योभन्दा अलि कडा भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं। प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला,’ प्रचण्डले भने,‘म केपी ओलीजस्तो ढाँटछल गर्न जान्ने मान्छे होइन र हामी कोही पनि त्यस्ता छैनौं। सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं। तपाईंहरुले कति गर्न सक्ने हो तयारी गरे हुन्छ। हामी छोड्नेवाला चाहिँ छैनौं।’

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्