Kathmandu Press

प्रचण्डले भने– म अपराधी हुँ भनेर माफी नमागेसम्म केपी ओलीलाई इतिहासले माफी दिने छैन 

‘संसद् विघटन गरेर केपी ओलीले इतिहासमा कलंकको टिका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन,’उनले भने,‘जबसम्म ओलीले पश्चाताप गर्ने छैनन्– लोकतन्त्रमाथि घात गरे, आफैँले बनाएको संविधान बलात्कार गरे, म अपराधी हुँ भन्ने छैनन् तबसम्म उनलाई इतिहासले माफी दिनेछैन। नेपाली जनताले उनलाई क्षमा दिने छैनन्।’ 
प्रचण्डले भने– म अपराधी हुँ भनेर माफी नमागेसम्म केपी ओलीलाई इतिहासले माफी दिने छैन 

काठमाडौं, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टीका लगाएको आरोप लगाएका छन्। 

संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार र हुँदै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरेकाले प्रधानमन्त्री ओलीको इतिहासमा कलंकको टीका कहिल्यै नमेटिने बताएका हुन्।

प्रचण्डले संसद विघटनको घोषणा संविधानको मर्म भावना र अक्षरकाविरुद्ध रहेको बताए। ‘अहिले जबरजस्ती हुँदै संविधान नभएको अधिकार र व्यवस्थालाई प्रयोग गरेर केपी ओलीले सदन विघटनको प्रस्ताव गर्नुभएको छ। त्यो गलत छ। सदन भंग भएको छैन। हामी माननीय सदस्यहरु अहिले पनि जिवित छौं,’ प्रचण्डले भने,‘भंग भएको त केपी ओलीको सरकार हो।’

अध्यक्ष प्रचण्डले संविधानविरुद्ध काम गरेर प्रधानमन्त्री ओलीले आफूले आफैँलाई विघटन गराएको आरोप पनि लगाए। ‘संसद् विघटन गरेर केपी ओलीले इतिहासमा कलंकको टिका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन,’उनले भने,‘जबसम्म ओलीले पश्चाताप गर्ने छैनन्– लोकतन्त्रमाथि घात गरे, आफैँले बनाएको संविधान बलात्कार गरे, म अपराधी हुँ भन्ने छैनन् तबसम्म उनलाई इतिहासले माफी दिनेछैन। नेपाली जनताले उनलाई क्षमा दिने छैनन्।’ 
 

प्रकाशित मिति: १६:११ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्