कमल थापाको प्रश्न- विदेशी हस्तक्षेप बढ्दै गए हाम्रो सार्वभौमसत्ताको हाल के होला ?
काठमाडौं, पुस १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार नहुने प्रष्ट पारेका छन्।गरिहिँदो सत्ता संकट र पार्टी...
काठमाडौं, पुस १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार नहुने प्रष्ट पारेका छन्।
गरिहिँदो सत्ता संकट र पार्टी एकतामा सहयोग गर्न चिनियाँ कम्युनिष्ट पार्टीको उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेका बेला थापाले चीनले अन्तर्राष्ट्रिय भाइचाराको आवरणमा नेपालको आन्तरिक मामलामा दवाव, प्रभाव र हस्तक्षेप गरेको आरोप लगाएका छन्।
मंगलबार ट्वीटर ट्वीट गर्दै उनले भनेका छन्,‘मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन चिनियाँ कम्युनिष्ट पार्टीले झैं अन्तरराष्ट्रिय भाइचारा भन्दै भारतीय कांग्रेसले नेपाली कांग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दबाब, प्रभाव, हस्तक्षेप दिन थाले नेपालको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला?’
मैले नबुझेको हो वा बढी बुझेको हो,थाहा छैन
— Kamal Thapa (@KTnepal) December 29, 2020
चिनियाँ कम्युनिष्ट पार्टीले झै अन्तरराष्ट्रिय भाईचारा भन्दै भारतीय कंग्रेसले नेपाली कंग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव,प्रभाव,हस्तक्षेप दिनथाले नेपालको स्वाभिमान/सार्वभौमिकता/जनताको निर्णायकत्वको के हाल होला?











