Kathmandu Press

अष्टलक्ष्मीको आरोप- गणतन्त्रको प्रधानमन्त्री बनाएको ओली निरंकुश शासक बने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासक बन्न खोजेको आरोप लगाएकी छिन्। 
अष्टलक्ष्मीको आरोप- गणतन्त्रको प्रधानमन्त्री बनाएको ओली निरंकुश शासक बने

काठमाडौं, पुस १४ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासक बन्न खोजेको आरोप लगाएकी छिन्। 

संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेतृ शाक्यले गणतन्त्रको प्रधानमन्त्री बनाइएपनि ओली निरंकुश शासक बन्ने खोजेको आरोप लगाएकी हुन्।  

नेतृ शाक्यले निरंकुश ओलीविरुद्ध लड्नु पर्ने बेला आएको बताइन्।  ‘ओली कमरेडविरुद्ध होइन, सर्वसत्तावादी, स्वच्छेचारी र निरंकुश ओलीविरुद्ध लड्नुपर्ने छ’, उनले भनिन्।

उनले २०६२-६३ को जनआन्दोलनले निरंकुश राजतन्त्र फालेपनि संविधान र गणतन्त्रमाथि अहिले गम्भीर संकट उत्पन्न भएकाले आफूहरु सडकमा उत्रिनु परेको बताइन्। नेतृ शाक्यले ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोलेकाले सबै एकजुट भएर त्यो प्रवृत्तिविरुद्ध लड्नु पर्ने बताइन्।

प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्