Kathmandu Press

माधव नेपालले भने–महामहिम ओलीलाई गणतन्त्रप्रति माया र निष्ठा छैन 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रप्रति माया र निष्ठा नरहेको आरोप लगाएका छन्। 
माधव नेपालले भने–महामहिम ओलीलाई गणतन्त्रप्रति माया र निष्ठा छैन 
माधवकुमार नेपाल।

काठमाडौं, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रप्रति माया र निष्ठा नरहेको आरोप लगाएका छन्। 

हिजोका दिनमा बयलजगाडा चढेर अमेरिका पुग्न सकिँदैन र सानो प्रदर्शनले राजा फाल्न सकिँदैन भन्ने ओलीको पुरानो भनाइ स्मरण गर्दै नेपालले भने,‘त्यसैले महाममहिम ओलीलाई गणतन्त्रप्रति माया र निष्ठा छैन।’

प्रचण्ड-नेपाल समूहले स‌ंसद विघटनको विरोधमा मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको आरोप लगाए।

‘समाजवादको यात्रालाई अगाडि बढाउनु पर्ने, संघीय व्यवस्थालाई बलियो बनाउनु पर्ने बेला प्रतिगामी कदम उहाँले चाल्नु भएको छ,’ उनले भने,‘ त्यसैले संविधान, संघीयता, लोकतन्त्र, जनअधिकार र जनचाहनाविरुद्ध कदम चालेकाले नेकपामात्रै होइन सिंगो जनता सडकमा उत्रिएका छन्।’
 

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्