प्रधानमन्त्री ओली लोकतन्त्र विरोधी नेता : नेता खनाल
काठमाडौं, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रविरोधी नेता भएको बताएका छन्। प्रचण्ड–नेपाल...
काठमाडौं, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रविरोधी नेता भएको बताएका छन्।
प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध आज आयोजना गरेको काठमाडौंको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले संविधानमाथि बलात्कार गरेको बताएका हुन्।
प्रधानमन्त्री एउटा गुटको मात्र नेता भएको भन्दै उनले बालुवाटारमा एउटा गुट सक्रिय रहेको र त्यसले जे मन लाग्छ त्यही गरेको बताए।
उनले आधिकारिक नेकपा आफ्नो मात्र समूह रहेको बताउँदै ओलीमाथि पहिलेदेखि नै आशंका रहेको बताए।
प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











