महालक्ष्मी विकास बैंकमा घोटालाका मुख्य आरोपी पक्राउ
ललितपुर पुस १४ : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकको घोटालाका मुख्य आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पल्पा घर...
ललितपुर पुस १४ : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकको घोटालाका मुख्य आरोपीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पल्पा घर भएर चन्द्रागिरि नगरपालिका बस्दै आएका ६७ वर्षीय पद्म ज्ञवाली रहेका छन्। सुन जाँचकी रहेका ज्ञावलीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाका अनुसार ज्ञावलीलगायत बैंकका अन्य कर्मचारीहरूको मिलेमतोमा कम धितो राखी बढी ऋण प्रवाह गरिएको थियो।
ब्युरोले घोटालाका तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जनालाई पक्राउ गरिसकेको छ।
बैंकका कर्मचारीको मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो। रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो।
प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











