सरकारविरुद्ध विप्लवको तीन पार्टीसँग मोर्चाबन्दी
काठमाडौं, पुस १४ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध तीन पार्टीसँग मोर्चाबन्दी गरेको छ।मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको...
काठमाडौं, पुस १४ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध तीन पार्टीसँग मोर्चाबन्दी गरेको छ।
मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको छ।
चारै दलका नेताले संयुक्त प्रेस विज्ञप्ति जारी गरि मोर्चाबन्दी भएको जनाएका छन्। उनीहरुको विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ।’

प्रकाशित मिति: १२:५९ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











