Kathmandu Press

चिनियाँ टोली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, पुस १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ। सोमबार देउवा निवासमा उनीहरुबीच भेटवार्ता...
चिनियाँ टोली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, पुस १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ। सोमबार देउवा निवास बूढानीलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो।

भेटमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको देउवाका पूर्व विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले बताए। साथै, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोले कांग्रेस सरकारमा र बाहिर हुँदा चीनसँगको सम्बन्धको कदर गरेको बताएका छन्। 

सभापति देउवाले चीनमा कम्युनिष्ट शासनको १०० वर्ष पुगेको अवसरमा यैचोलाई शुभकामना समेत दिएका छन्। साथै, यैचोले १०० वर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवालाई निमन्त्राण दिएका छन्। 

भेटमा यैचोले कांग्रेस चीनको राम्रो साथी हो भन्दै विपीले नेपाल चीनको सम्बन्धको आधारशिला राख्न गरेको योगदानको प्रशंसा गरेका थिए। 

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्