Kathmandu Press

सुदूरपश्चिमका ओलीपक्षका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बाेहरा बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन्।
सुदूरपश्चिमका ओलीपक्षका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बाेहरा बर्खास्त

धनगढी, पुस १४ : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई पदबाट हटाएका हुन्। उनलाई आज बिहान जिम्मेवारीबाट हटाएको जनाएको छ।

मुख्यमन्त्रीले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम मन्त्री बोहरालाई पदमुक्त गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफैँसँग राखेका छन्।

मन्त्री बोहरा प्रधानमन्त्री केपी ओली शर्मा पक्षका हुन्। पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्री भट्टले उनलाई निकालेका हुन्।

सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन्। त्यसमध्ये नेकपाका ३८ जना छन्।

उनीहरुमध्ये प्रचण्ड नेपाल पक्षका ३० जना छन् भने ओली पक्षका आठ जना छन्। ओली पक्ष अहिले प्रचण्ड नेपाल पक्षका सांसद तान्ने खेलमा लागेको छ।

ओली पक्षले कांग्रेस र राजपासँग मिलेर सरकार बनाउने कसरत गरिरहेको छ। कांग्रेसका १२ र राजपाका दुई सांसद छन्। अब ओली पक्षसँग १३ सांसद चाहिन्छ।

अहिले ओली पक्षसँग आठ सांसद छन् भने पाँच सांसद आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेको छ।

 

प्रकाशित मिति: १२:१० बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्