Kathmandu Press

आन्दोलनरत एक उखु किसानको हृदयघातबाट मृत्यु

काठमाडौं, पुस १४ : उखुको रकम भुक्तानीका लागि माइतिघरमा धर्नामा बसिरहेका एक उखु किसानको हृदयघातबाट मृत्यु भएको छ।सर्लाहीका नारायणराय यादव (भगत)को हृदयघातबाट मृत्यु...
आन्दोलनरत एक उखु किसानको हृदयघातबाट मृत्यु

काठमाडौं, पुस १४ : उखुको रकम भुक्तानीका लागि आन्दाेलनरत एक उखु किसानको हृदयघातबाट आज बिहान मृत्यु भएको छ।

सर्लाहीका नारायणराय यादव (भगत)को हृदयघातबाट मृत्यु भएको छ। उखुको रकम भुक्तानी नलिइ नै फर्किनु पर्ने भएपछि हृदयघातबाट उनको मृत्यु भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए।

सोमबार सरकार र उखु किसानबीच सम्झौता भएको थियो। जसमा २१ दिनभित्र उनीहरुको सबै रकम भुक्तानी गराइने उल्लेख छ। उखुको रकम नपाएर घर फर्किनुपर्ने सम्झौता भएको सुनेर उनलाई हृदयघात भएको जनाएको छ।

उनकोे अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण तनावमा थिए।

उनी आज बिहान शौचालयमा लडेर बेहोस भएका थिए। तत्कालै उनलाई गंगालाल अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले तनावका कारण हृदयघात भएको बताएको चौधरीले जानकारी दिए।

सर्लाही, सप्तरी, उदयपुरलगायतका तराई मधेशका विभिन्न जिल्लाका किसानको ९० करोड रुपैयाँ उखु मिलले दिएको छैन। त्यहि रकम फिर्ता गराउन माग गर्दै उनीहरु काठमाडौं आएका थिए।

यस पटक पनि सरकारले उनीहरुलाई सम्झौता गराएर घर फिर्ता पठाएको छ। उनीहरुलाई २१ दिनभित्र रकम असुल हुने आश्वासन दिइएको छ।

प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्