Kathmandu Press

बाबुराम भट्टराई र चिनियाँ टोलीबीच भेटवार्ता

काठमाडौं, पुस १४ : नेपाल भ्राणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोको टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम...
बाबुराम भट्टराई र चिनियाँ टोलीबीच भेटवार्ता

काठमाडौं, पुस १४ : नेपाल भ्राणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोको टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ। 

टोलीले अध्यक्ष भट्टराईलाई मंगलबार बिहान उनकै निवासमा गएर भेट गरेको हो। भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ।

भेटमा यैचोले अध्यक्ष भट्टराईसँग नेपाल चीनको आर्थिक विषयबस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभुति भएको पनि बताएका छन्।

प्रकाशित मिति: ११:०२ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्