काठमाडौंमा नेकपाको ८ ठाउँबाट जुलुस निस्कने, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं, पुस १४ : संसद् विघटनविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज देशव्यापी प्रदर्शन गर्दै छ। काठमाडौंमा पनि प्रदर्शनको तयारी....jpg)
काठमाडौं, पुस १४ : संसद् विघटनविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज देशव्यापी प्रदर्शन गर्दै छ। काठमाडौंमा पनि प्रदर्शनको तयारी भइरहेको छ।
काठमाडौंमा विभिन्न ठाउँबाट जुलुस निस्कने भएका छन्। भृकुटी मण्डपमा हुने आमसभाअघि काठमाडौंका आठ ठाउँबाट जुलुस आउने भएका छन्।
नेकपाले नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, टेकु र थापाथलीबाट जुलुस निकाल्ने भएको छ। सबै ठाउँबाट आएको जुलुस भृकुटी मण्डपमा आमसभामा परिणत हुने जनाएको छ।
आमसभालाई नेकपाका शीर्ष नेताहरु अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसका लागि विभिन्न स्थानमा जुलुस निकाल्ने तयारी भइरहेको जनाएको छ। आज नेकपाले काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ।
प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











