अविश्वासको प्रस्ताव दर्ता गर्ने ३७ सांसदलाई स्पष्टिकरण
विराटनगर, पुस १४ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपाले स्पष्टिकरण सोधेको...
विराटनगर, पुस १४ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे नेकपाले स्पष्टिकरण सोधेको छ।
नेकपा विभाजनपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका ३७ सांसदले आइतबार प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उनीहरु सबैलाई २४ घन्टे स्पष्टिकरण सोधिएको हो।
ओली पक्षका नेता एवं प्रदेश सभामा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ३ठ सांसदलाई स्पष्टिकरण सोधेका छन्। उनले अविश्वासको प्रस्ताव फिर्ता गरेर २४ घन्टाभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएका छन्।
स्पष्टिकरण पत्रमा संसदीय दलमा छलफल नगरी प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएकाले फिर्ता गर्न निर्देशन दिइएको छ। २४ घन्टाभित्र स्पष्टिकरण नबुझाए कारबाही गरिने जनाएको छ।











