Kathmandu Press

साफ फुटबल बंगलादेशमा हुने

काठमाडौं, पुस १४ : साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बंगलादेशमा हुने भएको छ।दक्षिण एशियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल...
साफ फुटबल बंगलादेशमा हुने

काठमाडौं, पुस १४ : साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बंगलादेशमा हुने भएको छ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो।

बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ। महिला यू–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।

यस्तै  पुरुषतर्फ साफ यू–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ। ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन।

 

प्रकाशित मिति: १०:१६ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्