साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला
काठमाडौं, पुस १४ : सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले...
काठमाडौं, पुस १४ : सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।
चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो । उनलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।
प्रकाशित मिति: ०८:४२ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












