Kathmandu Press

काठमाडौं उपत्यकामा आज यो बर्षकै कम तापक्रम 

काठमाडौं, पुस १४ : काठमाडौं उपत्यकाको तापक्रम यो बर्षकै सबैभन्दा कममा झरेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १...
काठमाडौं उपत्यकामा आज यो बर्षकै कम तापक्रम 

काठमाडौं, पुस १४ : काठमाडौं उपत्यकाको तापक्रम यो बर्षकै सबैभन्दा कममा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो ।  रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो ।

यसअघि यस वर्ष काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । गएको शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज (मङ्गलबार) अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यस्तै अहिले काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । 

प्रकाशित मिति: ०८:१९ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्