Kathmandu Press

शितल निबासमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेट 

काठमाडौं, पुस १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।सोमबार साँझ राष्ट्रपति कार्यालय शितलनिबासमा भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै...
शितल निबासमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेट 

काठमाडौं, पुस १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

सोमबार साँझ राष्ट्रपति कार्यालय शितलनिबासमा भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै दुई घण्टा छलफल भएको हो । नेकपा विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका नेताहरुसँग भेट गरिरहेकै बेला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका हुन्।

नियमित भेटघाट भएको शितलनिवास स्रोतले जनाएको छ। चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेको थियो भने हिजो नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधव कुमार नेपालसँग भेट गरिसकेका छन् । 

प्रकाशित मिति: ०८:११ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्