Kathmandu Press

चेल्सी र एस्टन भिल्लाबीच बराबरीमा रोकिए 

काठमाडौं, पुस १४ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल बराबरीमा सकिएको छ ।आइतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग...
चेल्सी र एस्टन भिल्लाबीच बराबरीमा रोकिए 

काठमाडौं, पुस १४ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल बराबरीमा सकिएको छ ।

आइतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । चेल्सीले ओलिभर जिराउडको गोलमा पहिलो हाफमा अग्रता लिएको थियो ।

डिफेन्डर बेन चिलवेलको क्रसमा हेडमार्फत जिराउडले चेल्सीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पाहुना टोलीका एल गाजीलले बराबरी गोल फर्काएका थिए । बराबरीसँगै दुवै टोलीले समान एक अंक बटुले ।

समान २६ अंक जोडेको एस्टन गोल अन्तरका आधारमा पाँचौ र चेल्सी छैटौं स्थानमा छ ।

प्रकाशित मिति: ०७:३३ बजे, मंगलबार, पुस १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्