Kathmandu Press

२४ घण्टामा भारतमा थपिए १६ हजार कोरोना संक्रमित 

काठमाडौं, पुस १४ : पछिल्लो २४ घण्टामा भारतमा थप १६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो...
२४ घण्टामा भारतमा थपिए १६ हजार कोरोना संक्रमित 

काठमाडौं, पुस १४ : पछिल्लो २४ घण्टामा भारतमा थप १६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७२ जनामा संक्रमण भएको हो । यो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख २४ हजार ७९७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ६ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार १९० पुगेको हो ।

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्