Kathmandu Press

उखु किसान र सरकारबीच चार बुँदे सहमति, २१ दिनभित्र भुक्तानी दिलाइने

काठमाडौं, पुस १३ : उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ। सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकार र उखु...
उखु किसान र सरकारबीच चार बुँदे सहमति, २१ दिनभित्र भुक्तानी दिलाइने
आन्दोलनमा उत्रिएका उखु किसान। फाइल तस्वीर।

काठमाडौं, पुस १३ : उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ। 

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकार र उखु किसानबीच २१ दिनभित्र किसानको बाँकी सबै वक्यौता उपलब्ध गराउनेसहितका चार बुँदे सहमति भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए।

सहमतिसँगै उखु किसानहरुले माइतीाघर मण्डलामा गर्दै आएको आन्दोलन पनि स्थगित गरेका छन्।

प्रवक्ता रेग्मीले २१ दिनभित्रमा किसानको वक्यौता भुक्तानी नगरे चिनी मिलमाथि कारबाही गर्ने पनि सहमति भएको बताए। यस्तै, भुक्तानी र अनुदान रकम फरक परेका  विषय तथा समस्या समाधानका लागि समिति गठन पनि गर्ने सहमति सरकार र उखु किसानबीच भएको छ। 

उखु किसानहरू आफूहरुले पाउनु पर्ने वक्यौता रकम नपाएको भन्दै गत मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलन गर्दै आएका थिए। 

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, पुस १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्