दिवेश लोहनीसहित ९ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस
काठमाडौं, पुस १३ : गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।गृह सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिको बैठकले...
काठमाडौं, पुस १३ : गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।
गृह सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिको बैठकले ९ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। डीआईजीमा बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य रहेका छन्।
नेपाल प्रहरीमा ९ डीआईजीको दरबन्दी रिक्त थियो। यसअघि कात्तिक अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीमा पाँच जना डीआईजीको दरबन्दी थप गरेको थियो।
हेर्नुस् बढुवा समितिको निर्णय :
प्रकाशित मिति: १८:०१ बजे, सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार