बेलायतबाट फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि
बेलायतबाट नेपाल फर्किएकामध्ये पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, पुस १३ : बेलायतबाट नेपाल फर्किएकामध्ये पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बेलायतबाट फर्किएर क्वारेन्टिनमा बसेकामध्ये केहीमा लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो। पीसीआर परीक्षण गराएका १२ जनामध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।
बेलायतमा कोरोनाको नयाँ प्रजाति (भेरियन्ट)को संक्रमण बढ्न थालेपछि नेपाल प्रवेश गर्न रोक लगाएको छ। प्रतिबन्ध लगाउनुअघि नेपाल आएकाहरुलाइृ पनि सरकारले १० दिन अनिवार्य क्वारेन्टिमा बस्न आग्रह गरेको थियो।
यस्तै, बेलायतबाट फर्किएका १९३ जनालाई सरकारले निगरानीमा राखेको छ।
प्रकाशित मिति: १७:३८ बजे, सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











