Kathmandu Press

संसद विघटनबारे देउवाले भने- अदालतले गर्ने फैसला हामीलाई मान्य हुन्छ

देउवाले भने,‘संसद विघटनको मुद्दा अदालत पुगेको छ। अदालतले जे निर्णय गर्छ त्यो हामी मानेर अघि बढ्छौं।’
संसद विघटनबारे देउवाले भने- अदालतले गर्ने फैसला हामीलाई मान्य हुन्छ
कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्वीर।

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसलालाई कांग्रेसलाई मान्य हुने बताएका छन्। 

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ ले सोमबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने,‘संसद विघटनको मुद्दा अदालत पुगेको छ। अदालतले जे निर्णय गर्छ त्यो हामी मानेर अघि बढ्छौं।’

सभापति देउवाले अदालतमा विचाराधीन मुद्दाका विषयमा फैसला नआउँदासम्म कांग्रेस नबोल्ने बताए। ‘हामी अदालतमा विचाराधीन मुद्दामा यो गर यो नगर भनेर भन्दैनौं,’ देउवाले भने,‘सर्वोच्चको निर्णयलाई पर्खिन्छौँ र आउने निर्णय मान्छौं, ‘तर संसद विघटनको असंवैधानिक कदमको हामी देशभर विरोध गर्ने छौ। छिट्टै केन्द्रिय समितिको बैठकबाट फेरि कहाँ कहाँ प्रदर्शन गर्ने भन्ने मिति तोक्ने छौ।’

देउवाले विधाराधीन विषयमा धेरै बोलेर कांग्रेसले अदालतलाई नधम्क्याउने पनि बताए।

देउवो कोभिडको महामारी कायमै रहेकाले सामाजिक दुरि लगायतका सचेतनालाई ध्यानमा राखेर प्रदर्शनमा सहभागि हुन पनि सबैलाई अनुरोध गरेका थिए । 

देउवाले कांग्रेस जनताको सेवाका लागि स्थापना भएको बताउँदै जनताको सेवा गर्न सधै तयार रहेको पनि बताए । ‘हाम्रो पार्टीको काम जहिले पनि जनताको सेवा गर्ने, जनताको काम गर्ने र जनतालाई साथ दिने हो’, देउवाले भने, ‘ओलीको असंवैधानिक कदमका विरुद्ध भोली अरु प्रदर्शनका लागि तयार हुन पनि म बसैलाई तयार रहन अनुरोध गर्दछु। 
 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, पुस १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्