संसद् विघटनसम्बन्धी अदालतको निर्णय कांग्रेसलाई स्वीकार्य : कोइराला
विराटनगर, पुस १३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय कांग्रेसलाई स्वीकार्य हुने बताएका छन्।संसद् विघटनको विरोधमा...
विराटनगर, पुस १३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय कांग्रेसलाई स्वीकार्य हुने बताएका छन्।
संसद् विघटनको विरोधमा कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले सोमबार विराटनगरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताएका हुन्।
कोइरालाले कांग्रेस वामपन्थीसँग सहकार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पारे। उनले कांग्रेस एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिए।
उनले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको पनि बताए।
प्रकाशित मिति: १६:३४ बजे, सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











