नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना डिस्चार्ज
काठमाडौं, पुस १३ : नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण...
काठमाडौं, पुस १३ : नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ भने अहिलेसम्म २ लाख ५० हजार ५८१ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७१८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: १६:१२ बजे, सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











