Kathmandu Press

प्रचण्डको आरोप- केपी ओली श्री ३ जंगबहादुरको बाटोमा हिँड्नुभयो

‘केपी ओली जंगेको बाटोमा हिँड्नुभयो,’ उनले भने,‘त्यो दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो।’
प्रचण्डको आरोप- केपी ओली श्री ३ जंगबहादुरको बाटोमा हिँड्नुभयो

काठमाडौं, पुस १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सामन्ती शासक श्री ३ जंगबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाएका छन्। 

पेरिसडाँडामा सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली जंगबहादुरको बाटोमा हिँडेपछि पार्टीभित्र विभाजन आएको बताएका हुन्। 

‘केपी ओली जंगेको बाटोमा हिँड्नुभयो,’ उनले भने,‘त्यो दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो। नेकपामा विभाजन आउनुमा उहाँकै हात छ।’ प्रचण्डले प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद विघटन गरेर कलंकको टीका लगाएको पनि आरोप लगाए।

संसद विघटन गरेर ओलीले आफूहरुलाई जनतामाझ जाने मुद्दा दिएको पनि बताए। ‘संविधानविपरीत उहाँले संसद विघटन गरेर हामीलाई त्यसको विरोधमा सडकमा आउनु पर्ने गराउनु भयो। उहाँलाई धन्यवाद दिन्छु किनकि हामीलाई जनतासामू जाने मुद्दा दिनुभयो।’

प्रचण्डले संविधान, संघीयता र गणतन्त्रको पक्षमा लड्ने मुद्दा आफूहरुले पाएकाले आफूहरुले अर्को निर्वाचन जित्ने पनि दाबी गरे।
 

प्रकाशित मिति: १५:२० बजे, सोमबार, पुस १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्