नेकपाले नेपालमा विदेशी चलखेल बढाएको छ : सहमहामन्त्री महत
काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा अध्यक्ष केपी शर्मा ओलीले संस्थागत भ्रष्टाचार गरेको आरोप लगाएका छन्। सोमबार काठमाडौं क्षेत्र नम्बर...
काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा अध्यक्ष केपी शर्मा ओलीले संस्थागत भ्रष्टाचार गरेको आरोप लगाएका छन्।
सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारले दुई वर्षसम्म मनपरितन्त्र चलाएका बताएका हुन्। उनले संवैधानिक निकाय सरकारले जे चाहन्छ त्यही गर्नुपर्छ भन्ने मनपरि तरिकाले चलाएकाकारण लोकतन्त्र सुरक्षित नभएको बताएका हुन्।
ओली नेतृत्वको सरकारले दुई वर्षसम्म गफ चुट्ने काम मात्रै गरेको बताउँदै उनले नेकपाले नेपालमा विदेशी चलखेल बढाएको आरोप लगाएका छन्।
‘नेपालमा विदेशी चलखेल बढ्यो। चीन र भारतका मानिस आइरहेका छन्। उनीहरू किन आइरहेका छन्? हाम्रो पक्षमा कि अर्को भन्ने साविती बयान लिन आइरहेका छन्,’ उनले भने, ‘यस्तो हुनु विडम्बनापूर्ण हो।’
प्रकाशित मिति: १४:५४ बजे, सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











