नेपाल र चिनियाँ टोलीबीच बानेश्वरमा भेटवार्ता
काठमाडौं, पुस १३ : चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको छ। नेपाल भ्रमणमा रहेको टोलीले बानेश्वरस्थित...
काठमाडौं, पुस १३ : चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको छ। नेपाल भ्रमणमा रहेको टोलीले बानेश्वरस्थित एभरेष्ट होटलमा नेपालसँग भेटवार्ता गरेको हो।
अहिले नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता चलिरहेको छ।
यसअघि टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ। खुमलटारपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर आएको हो।
आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ।
टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ।
प्रकाशित मिति: १२:१२ बजे, सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











