Kathmandu Press

गस्तीमा रहेका प्रहरीको हत्या गर्ने मुख्य योजनाकार पक्राउ

काठमाडौं, पुस १३ : जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार मानिएको एक...
गस्तीमा रहेका प्रहरीको हत्या गर्ने मुख्य योजनाकार पक्राउ

काठमाडौं, पुस १३ : जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार मानिएको एक व्यक्तिलाई पक्राउ गरेको छ। 

धनगढी उपमहानगरपालिका १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।

पक्राउ परेका रानालाई आजै अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।

राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कात्तिक १ गते शनिबार राति धनगढी–१२ जुगेडामा  तस्करहरुले गस्तीमा रहेका प्रहरीको हत्या गरेका थिए।

प्रकाशित मिति: ११:१४ बजे, सोमबार, पुस १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्