Kathmandu Press

चिनियाँ टोली र प्रचण्डबीच खुमल्टारमा भेटवार्ता

काठमाडौं, पुस १३ : नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका...
चिनियाँ टोली र प्रचण्डबीच खुमल्टारमा भेटवार्ता

काठमाडौं, पुस १३ : नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले प्रचण्ड निवास खुमल्टारमा पुगेर उनलाई भेटेको हो।

भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ। 

आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो।

टोलीले आज नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता बताइएको छ।

प्रकाशित मिति: १०:४० बजे, सोमबार, पुस १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्