काठमाडौंमा आजको तापक्रम २ दशमलव ९ डिग्री
काठमाडौं, पुस १३ : काठमाडौं उपत्यकामा आज पनि तापक्रम घटेको छ ।केही दिनदेखि नियमित तापक्रम घटेर हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियसमा...
काठमाडौं, पुस १३ : काठमाडौं उपत्यकामा आज पनि तापक्रम घटेको छ ।
केही दिनदेखि नियमित तापक्रम घटेर हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियसमा झरेको काठमाडौंमा आज २ दशमलव ९ डिग्रीमा झरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी ठाउँहरुमा सामान्य कुहिरो भने लागेको छ ।
आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरुले बताएका छन्। उनका अनुसार हिउँ पर्ने सम्भावना रहेकाले हिमाली क्षेत्रमा चिसो अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
आज दिउँसो भने प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम बद्ली हुनेछ । आज राति भने प्रदेश नं १ बाहेका स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मिति: ०८:४३ बजे, सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











