Kathmandu Press

चर्को दबावपछि ट्रम्पले गरे कोरोना राहत कोष सम्बन्धी कानुन अनुमोदन

काठमाडौं, पुस १३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना राहत कोष सम्बन्धी कानुन अनुमोदन गरेका छन् ।ट्रम्पले कानुनमा हस्ताक्षर नगर्दा कोरोनाका कारण रोजगारी...
चर्को दबावपछि ट्रम्पले गरे कोरोना राहत कोष सम्बन्धी कानुन अनुमोदन

काठमाडौं, पुस १३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना राहत कोष सम्बन्धी कानुन अनुमोदन गरेका छन् ।

ट्रम्पले कानुनमा हस्ताक्षर नगर्दा कोरोनाका कारण रोजगारी गुमाएका लाखौं अमेरिकी नागरिक सरकारबाट पाउने राहतबाट वञ्चित भएका भएका थिए ।

चर्को दबावपछि राष्ट्रपति ट्रम्पले राहत कोषमा हस्ताक्षर गर्नु भएको बीबीसीले जनाएको छ । ट्रम्पले सहायता कोषमा हस्ताक्षर नगर्दा चर्को आलोचना भोग्नुपरेको थियो ।

अमेरिकी संसदले ९ खर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको थियो । कोरोनाका कारण अमेरिकामा लाखौले रोजगारी गुमाएका छन् । 

प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, पुस १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्