के साउदी-पाक सम्बन्ध विस्थापन तिर जाँदैछ ?
काठमाडौं, पुस १३ : साउदी अरब र पाकिस्तान बीचको कुटनीतिक सम्बन्ध तनावपूर्ण बनेको छ। खाडी मुलुकहरू बीचको राजनीतिक टकरावका कारण दुई मुलुकबीचको कुटनीतिक...काठमाडौं, पुस १३ : साउदी अरब र पाकिस्तान बीचको कुटनीतिक सम्बन्ध तनावपूर्ण बनेको छ। खाडी मुलुकहरू बीचको राजनीतिक टकरावका कारण दुई मुलुकबीचको कुटनीतिक तिक्तता देखिएको हो।
भारतका सेनापति नर्वानेको साउदी भ्रमणका क्रममा दुईपक्षीय सैन्य सहयोग प्रस्तावमा साउदीले समर्थन जनाएपछि पाकिस्तान साउदी अरबसँग रूष्ट छ।त्यस बैठकले मध्यपूर्वमा सबल आर्थिक हैसियतमा रहेको साउदी अरब र आणविक रूपमा सुसज्जित तर आर्थिक रूपले कमजोर पाकिस्तान बीचको सम्बन्धमा तनाव थप्नेकाम गर्यो ।
त्यसअघि देखिनै पाकिस्तान-साउदी सम्बन्धमा दरार पैदा भएको थियो। सन् २०१५ मा पाकिस्तानी संसदले आफ्नो सैनिकलाइ हुथी विद्रोहीहरुसँग यमनमा साउदी नेतृत्वको सैन्य गठबन्धनमा सम्मिलित भइ लड्न प्रतिबन्ध लगाएको थियो। त्यसपछी दुई मुलुकबीचको सम्बन्ध जटिल हुँदैगएको छ। यो भनाइ हो जेम्स एम डोर्सीको। उनी बहुप्रशंसित राजनीतिक ब्ल्ग द टर्ब्युलन्ट वल्ड अफ मिडल इष्ट का लेखक हुन्।
यी हुन् सम्बन्धमा जटिलता निम्त्याउने कारणहरु
दुई राष्ट्रबीचको सम्बन्धमा जटिलता निम्त्याउने कारण मध्ये यमनमा भएको सैन्य संघर्ष र कश्मीर मुद्दा प्रमुख कारण हुन्। गत फेब्रुअरीमा, पाकिस्तानले कश्मीर संकटका कारण रियादसँग मद्दत मागेको थियो। पाकिस्तानले इस्लामिक सहयोग संगठन (ओ.आइ.सी.) सँग सहयोगी बैठकको अनुरोध गरेको थियो । साउदी अरेबियाले त्यसमा सर्त अघि सार्यो । पुरानो ऋण मध्य १ अर्ब अमेरिकी डलर चुक्ता गरेमात्र पाकिस्तानलाई सहयोग गर्ने साउदीअरबको प्रस्ताव थियो । पाकिस्तानले त्यो ऋण चुकाउनचीनबाट सहयोग लियो ।
ऋण चुक्ता भएपनि साउदीले पाकिस्तानलाई सहयोग गरेन । कारण हो पाकिस्तानको चिनिँया झुकाव । साउदीको ऋण चुक्ता गर्न र अन्य आर्थिक संकट टार्नकै लागि पाकिस्तानले चीनको बेल्ट एण्ड रोड इनिसियटिभमा समर्थन जनाएको जानकारहरुको मत छ। बेइजिङ् पनि कुटनितिक तवरले सचेत छ किनकी साउदी अरेबियाबाट तेलको आपूर्ती गर्नुपर्छ।
चीनको असली रणनिती के हुन सक्ला भन्ने संकेत दिएका छन, प्रागमा युनिभर्सिटी अफ इकोनोमिक्सका सहायक प्राध्यापक जेरेमी गार्लीकले। उनी भन्छन्, ुचीनले प्रतिक्षाको खेल खेल्नेछ र मध्य पूर्वी राजनीतिमा सकभर संलग्न नहुने कोशिसमै रहनेछ।
एक अर्का विज्ञ जेम्स डोरसी पनि यस भनाइप्रति सहमत छन्। उनी भन्छन्, मलाई लाग्दैन कि साउदीसँग वास्तवमा भारत र पाकिस्तान बीच चयन गर्नसक्ने क्षमता छ। पाकिस्तान पनि चीनसँग निर्भर भइरहन चाँहैदैन।
के हुन सक्ला समझदारीको बाटो ?
भारत साउदीबाट तेलको आयात गर्ने मुलुकमा पर्छ। त्यसकारण कश्मिर मुद्दामा साउदीले पाकिस्तानी अडानलाई समर्थन गरेन। यताअन्य मामलामा साउदी अरबले पाकिस्तानलाई निरन्तर सहयोग गरेको थियो। पाकिस्तानको प्रारम्भिक १ अर्ब डलर भुक्तानी सन् २०१८ मा लिएको ६.२ अर्ब ऋणको हिस्सा हो। साउदी अरबको त्यो सहयोग पाकिस्तानले भारी व्यापार घाटा र घट्दो विदेशी सञ्चितका कारण जुझीरहेकोअवस्थामा पाएको थियो।
डोरसीको थप भनाइ छ कि साउदी अरब एक क्षेत्रीय महाशक्ति राष्ट्र भएपनि एक अर्काको साथ चाहिन्छ। अफगानिस्तान र प्रतिद्वन्दी इरानसँगकोनिकटताका कारण साउदिलाई पाकिस्तानको साथको आवश्यकता पर्छ।पाकिस्तानमा विश्वकै सबैभन्दा ज्यादा शिया मुस्लिम अल्पसंख्यक छन्। अर्कोतर्फ, साउदी अरबमा आप्रवासीको दोस्रो ठूलो समूहमा पाकिस्तानी नै शामिल छन्। रियादले हजारौँ श्रमिकहरूलाइ पाकिस्तान फिर्ता पठाएपनि शेष आप्रवासीहरूको कमाइबाट भित्रेको पैसाले पाकिस्तानी अर्थव्यवस्थामा व्यापक प्रभाव पार्दछ। पाकिस्तानले यस सम्बन्धलाई जटिल हुन नदिइसम्बन्ध सुधारको लागि कस्तो कदम अघि बढाउला यो हेर्न बाँकि नै छ।
नयाँ सहयोगीहरुको लागि खुल्ला र बन्द ढोका
तनावका यी स्रोतहरू बाहेक, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले क्षेत्रीय समाचारसँगको संवादमा दुई अरब राष्ट्रहरूद्वारा इजरायलसँग सम्बन्ध सुधार्ने दबाब रहेको जानकारी दिएका थिए।
खाडी मुलुकको भू राजनीतिसँग परचितहरु जान्दछन् कि खानले युनाइटेड अरब इमिरेट्स र साउदी अरेबिया तिरै संकेत गरिरहेका हुन्।
-डीडब्लु डटकमबाट