Kathmandu Press

चीनमा चक्कु आक्रमणबाट ७ जनाको हत्या 

काठमाडौं, पुस १३ : चीनको उत्तरपूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिको चक्कु आक्रमणबाट ७ जनाको मृत्यु भएको छ।लियोनिङ प्रान्तको कायायुआनमा भएको घटनामा ७ जना...
चीनमा चक्कु आक्रमणबाट ७ जनाको हत्या 

काठमाडौं, पुस १३ : चीनको उत्तरपूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिको चक्कु आक्रमणबाट ७ जनाको मृत्यु भएको छ।

लियोनिङ प्रान्तको कायायुआनमा भएको घटनामा ७ जना घाइते भएका छन्। सिन्ह्वाका अनुसार घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आक्रमण के उद्देश्यले गरिएको थियो भन्ने स्पष्ट छैन।

आक्रमणकारी मानसिक बिरामी भएको या कुनै कारणवश बदला लिने उद्देश्यले आक्रमण गरेको आशंका गरिएको छ। आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारी पनि घाइते भएका छन्।  

उक्त घटना एक स्कुलबाहिर भएको थियो। आक्रमणका पीडितहरु महिला तथा वृद्धाहरु छन्। 

प्रकाशित मिति: ०७:०४ बजे, सोमबार, पुस १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्