Kathmandu Press

संखुवासभामा विप्लव र प्रहरीबीच दोहोराे फायरिङ

काठमाडौं, पुस १२ : संखुवासभामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह र नेपाल प्रहरीबीच दोहोरो फायरिङ भएको छ। आइतबार दिउँसो विप्लव समूह र प्रहरीबीच...
संखुवासभामा विप्लव र प्रहरीबीच दोहोराे फायरिङ

काठमाडौं, पुस १२ : संखुवासभामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह र नेपाल प्रहरीबीच दोहोरो फायरिङ भएको छ। आइतबार दिउँसो विप्लव समूह र प्रहरीबीच चैनपुर–४, मैदानेमा दोहोरो फायरिङ भएको हो।

मैदानेमा विप्लवका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोलीलाई लक्षित गरेर हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले जवाफमा दर्जनबढी गोली चलाएको थियो।

विप्लवका कार्यकर्ताले भने ५ राउण्ड फायरिङ गरेका थिए।

प्रकाशित मिति: १८:४४ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्