राष्ट्रपति भेट्न शितल निवास पुग्यो चिनियाँ टोली
काठमाडौं, पुस १२ : नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न टोली राष्ट्रपति कार्यालय पुगेको हो। आइतबार...
काठमाडौं, पुस १२ : नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न टोली राष्ट्रपति कार्यालय पुगेको हो।
आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली नेपाल आएको छ।
टोलीले राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: १७:२७ बजे, आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











