Kathmandu Press

चुनाव हुन्छ भन्ने भ्रममा नपर्न पूर्वमन्त्री भट्टराईको आग्रह

काठमाडौं, पुस १२ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव भ्रम मात्र भएको बताएका छन्।संसद विघटनको विरोधमा जसपाले...
चुनाव हुन्छ भन्ने भ्रममा नपर्न पूर्वमन्त्री भट्टराईको आग्रह

काठमाडौं, पुस १२ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव भ्रम मात्र भएको बताएका छन्।

संसद विघटनको विरोधमा जसपाले आज गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने,‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ, सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस्।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएको उनले बताए।

‘चुनाव भ्रम मात्र हो,आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन्। आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्।’

भट्टराईले अदालतबाट संसद पुनर्स्थापना हुन्छ, भन्नेमा आफू ढुक्क हुन नसकेको बताएका छन्।

प्रकाशित मिति: १६:३३ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्