Kathmandu Press

अविश्वास प्रस्ताव सहजै सामना गर्नेछु : मुख्यमन्त्री राई 

काठमाडौं, पुस १२ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको  अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन्। उनले आफूविरुद्ध अविश्वासको...
अविश्वास प्रस्ताव सहजै सामना गर्नेछु : मुख्यमन्त्री राई 

काठमाडौं, पुस १२ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको  अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन्। 

उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सूचना पाएपछि संघीयतालाई असफल बनाउन अविश्वास प्रस्ताव दर्ता भएको बताएका हुन्। उनले भने, ‘म त्यसलाई सहजै सामना गर्नेछु।’   

उनले आफूविरुद्ध राजनीतिक पूर्वाग्राह राखेर सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर अविश्वासको प्रस्ताव ल्याएको बताए। 

मुख्यमन्त्री राईविरुद्ध सत्ताधारी दल नेकपाका ३७ जना सांसदहरूले आइतबार प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।  

आइतबार बहुमत ३३ सांसदहरूले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउन पनि संसदीय दलमा प्रस्ताव दर्ता गराएका हुन्।

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्